धनगढी। नवजिवन अस्पतालमा उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल प्रहरीको सुरक्षाको घेरामा राखिएको छ । शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो।
मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै शव उठाउन मानेका थिएन््न। मृतकका आफन्तले गर्भवती महिला उपचारका क्रममा चिकित्सको लापरवाही भएको भन्दै बिरोध गरिरहेका छन् ।
अहिले अस्पतालमा प्रहरीको कडा सुरक्षा निगरानीमा राखिएको छ । अस्पतालको सुरक्षाको दृष्टीकोणले हामीले शान्ति सुरक्षा दिनलाई प्रहरी पठाएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
अहिले नवजिवन अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको कैलालीका प्रहरी प्रमुख बिश्व अधिकारीले जानकारी दिए । अहिले दुबै पक्ष बिच सहमतिको प्रयास भैरहेको बताए । ‘अस्पतालमा अहिले अस्पतालमा अतिआवश्यक बाहेक सबै सेवा संचालन गर्न सकिरहेका छैनौ’ बिधुरमणी ढकालले भने–‘प्रहरी प्रशासनले सुरक्षा दिईरहेका छन् ।’