कञ्चनपुर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा हजुरबुबार र नातिबीच नै सहमति नजुटेपछि निर्वाचन सम्पन्न भएको छ र परिणाम हजुरबुबालाई हराएर नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।
प्रसंग रहेको छ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा जहाँ हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। शनिबार सम्पन्न भएको निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। खसेका ८५ मध्ये ३७ वर्षीय गजबहादुरले ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका थिए। जसमा ३ मत बदर भएका छन्।
गाउँपालिका कार्यसमिति सभापतिमा विजयी गजबहादुरले पृतबहादुर १३ दिने जुठो लाग्ने हजुरबुबा भएको जानकारी दिए । बेलडाँडी गाउँपालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा निर्वाचित भएका छन् । उपसभापतिका अन्य प्रत्यासी पूर्णानन्द भट्ट र डम्बरलाल राना (दयालु)ले क्रमशः ३६ र ३१ मत मात्रै ल्याए। यस्तै, सचिवमा विजयी धनबहादुर रोकायाले ४२ मत पाए । सचिवमा कुलैराज उपाध्याय र सचिन कठायतले समान ३८ मत पाएका थिए। समान मत ल्याएका दुईजनाबाट गोलाप्रथा गर्दा उपाध्याय चयन भए । सचिवकै अर्का प्रत्याशी रमेश चनाराले ३१ मत ल्याए । बेलडाँडी गाउँपालिका कार्यसमितिको सहसचिवमा विजयी देशुराम चौधरीले ३८ र नरेशसिंह धामीले ३७ मत ल्याए । वसन्त रोकाया ३४ र भुवनेश्वर पण्डित ३१ मत ल्याएर पराजित भए ।