धनगढी। जनता समाजवादी पार्टी नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण कुमार चौधरी (कुन्दन)सर्वसम्मत चयन भएका छन्।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपालको सुदूरपश्चिम प्रदेशको पार्टी समायोजनपछि उनी प्रदेश अध्यक्षमा चयन भएका हुन्। जनता समाजवादी पार्टी नेपाल घोषणा भएपछि सुदूरपश्चिम प्रदेशमा १५१ सदस्य कमिटि समेत चयन गरिएको पार्टीले जनाएको छ । सो कमिटिले आज बैठक बसी विभिन्न जिम्मेवारी बाडफाड गरेको जनाइएको छ ।
समायोजनपछि पार्टीले १५१ सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको छ। प्रदेश कमिटीका लागि गृहकार्य पूरा नभएको भन्दै नवनिर्वाचित अध्यक्ष चौधरीले एक साताभित्र १५१ सदस्यीय प्रदेश कमिटी बनाउने बताए। अध्यक्ष चौधरीले सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिँदै कार्यकाल सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए।