धनगढी : धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडले ३ बर्षको अवधीमा संघ र प्रदेशबाट कुनैपनि गौरबका योजना आफ्नो नगरमा नपरेको बताएका छन् । सुप मिडियाको एस टिभि टकमा पत्रकार दिनेश बिष्टसंग कुराकानी गर्दै मेयर वडले संघ र प्रदेशबाट आउनुपर्ने गौरबका कुनै योजना धनगढीमा नआएको बताएका हुन् ।
मैले सुनिराखेको छु योपनि मैले गरे त्योपनि मैले भनेर साथीहरुले भनिराख्नुभएको छ उनले भने ‘संघका तथा प्रदेशका माननिय ज्युहरु उप महानगरका योजनालाई समेत मैले हालेको हो भनेर भनिराख्नुभएको छ रे त्यो जनतालाई प्रस्ट छ नी कसले गरेको हो कहिले काम भएको हो भनेर ।’
संघको माननियले धनगढीमा गरेका काम स साना बिद्यालय भवनदेखी ठुला योजनासम्म मैले गरे भनेर भाषण गर्दै हिन्नुभएको छ उनले भने ‘म चुनौती दिन्छु उहाँले यो अवधीमा संघबाट ल्याएका ठुला योजना कहाँ छन् धनगढीमा लागु भएका प्रमाण सहित ल्याउन्, धनगढीमा निर्माणाधिन सिटि हल मैले बनाए भन्नुभाछ उहाँले तर संघ र प्रदेशको निर्वाचन हुनुभन्दा अघीनै सिटिहलको हामीले शिलान्यास गरिसकेका थियौँ, हुलाकी सडक उहाँ निर्वाचित हुनुभन्दा अघीकै योजना हो, क्षेत्रिय सहरी बिकासको योजना धनगढीमा लागु भएको ६ बर्ष भइसक्यो अनी यी योजना मैले हाले भनेर माननिय ज्युले झुट बोलेको सुहाएन के ।’
एप महानगरले आफ्नै बजेटमा यत्रो बाटा पिच गरेको छ, कति ग्रावेल गरेको छ, स्वास्थ्य चौकी, बिद्यालय भवन देखी धनगढीको बिकास पुरै उप महानगरको बजेट र पहलमा भइरहेको छ उनले भने ‘संघको सरकारबाट यो ३ बर्षको अवधीमा एउटा मात्रै योजना परेको थियो त्यो हो धनगढी अत्तरिया ओगिक क्षेत्र भनेर तर त्यो कार्यान्वयन नै भएको छैन, मोहना अत्तरिया ६ लेन सडक केपी ओलीका पालामा बन्यो भनेर प्रचार गरिराख्नुभाछ त्यो कुन सालमा योजना परेर निर्माण शुरु भएको हो त्यो याद गरुन साथीहरुले ।’
योजना पार्नु त कहाँ हो उल्टै हामीले पठाएका योजना काटिएका छन् उनले भने ‘उप महानगबाट जनताको तटबन्दन कार्यक्रममा बजेट माग गरिएको थियो त्यो योजना नै काटियो, धनगढी डुवान समस्या समाधानका लागी बजेट माग गरेका थियौँ त्यो काटिदियो उल्टै बिगतका सरकारले हालेका योजना र अनिवार्य पर्ने योजना मेरो पहलमा हालेको भनेर झुटा प्रचार माननिय ज्युले गरिराख्नुभाछ यो गर्नु भएन नी ।’
धनगढी डुवान समस्या समाधानका लागी कति धायौँ कुरै सुन्नुभएन बल्ल काग्रेंसको सरकार आएपछि यो समस्या समाधान हुने भएको छ मेयर वडले भने ‘अब धनगढीको डुवान समस्या समाधान हुँदैछ लगत्तै केही महिनापछि डुवान समस्या समाधानका लागी काम हुँदैछ ।’