धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८९ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै ६७ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।