काठमाडौँ। प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित भएका छन् । बिहीबार बसेको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वेल घेराउ गरेर नाराबाजी जारी राखे पनि सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाएका थिए। प्रतिनिधिसभाले यसअघि विनियोजन विधेयक २०७८ पारित गरिसकेको छ ।
सो विधेयक बिहीबार राष्ट्रियसभाबाटसमेत पारित भइसकेको छ । प्रतिनिधिसभाले बजेटसँग सम्बन्धित तीनवटा विधेयक बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा गरे । विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।