धनगढी। नेकपा एकीकृत समाजबादी रोजेकी कैलालीको गोदावरी नगरपालिका – ३ की वडा सदस्य कलावती बादीले आफू एमालेमै रहेको बताएकी छिन ।
बुधबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई झुक्याएर एकीकृत समाजवादीमा लगिएको भएपनि आफू अहिले एमालेमै फर्किएको बताएकी हुुन । उनले यसअघि एमाले विभाजन पछि एकीकृत समाजवादी दल रोज्न दिएको समयमा निर्वाचन कार्यालयमा गएर एकीकृत समावादीमा सनाखत गरेकी थिइन् ।
एकीकृत समावादीमा सनाखत गरेकी उनले आफुलाई झुक्याएर एकीकृत समाजवादीमा लगिएको बताइन्। वडा सदस्य बादीले भनिन्,- पढ्न लेख्न नआउने भएकाले आफूलाई झुक्याएर एकिकृत समाजवादी प्रवेश गरेको कागजमा हस्ताक्षर गराएको बताएकी छिन । ‘हामी जानी जानी त्यो पार्टीमा गएका हैनौ । वादी समुदायका लागि ३ करोड बजेट आएको छ । त्यहाँ गएर साईन गर्नुस भने । त्यै भएर गएका थियौ’ उनले भनीन् ‘म अहिले पनि सुर्य चिन्हमै छु । अहिले प्रचार भएको कुरा झुटा हो भनेर भनिदिनु पर्यो । हामी सुर्य पार्टीमै छौ ।’
उनले बादी समुदायका लागि आएको पैसाका लागि हस्ताक्षर गर्न धनगढी लगिएको भएपनि कुन कार्यालयमा गएर हस्ताक्षर गरे भन्ने थाहा नभएको बताईन् । ‘दिर्घ सोडारीले बादी समुदायका लागि ३ करोड छुट्याएका छन भनेपछि के हो, कस्तो हो भनेर हेर्न गएकी थिए । त्यहाँ त त्यस्तो रहेछ, आफूलाई थाहै भएन’ उनले भनीन् ‘घरमा उपमेयर आएर मेडम बादी समुदायका लागि ३ करोड छुट्याएको छ त्यहाँ गएर बुझ्नुहोला भन्नु भएको थियो ।’ उनले नचिनेका मानिसहरुले आफूलाई धनगढी लगेर गएको बताइन् । ‘धनगढी पुगेपछि यही हो बादी समुदायका लागि रकम छुट्याएको कागज भने । अनी मैले हस्ताक्षर गरेकी हु’ उनले भनीन् ‘राम्रै होला भनेर हस्ताक्षर गरे अहिले यहाँ आएर अरु कुरा नै सुने ।
त्यसपछि म त्यहाबाट हट्न लागेकी हु ।’उनले आफू अरु पार्टीमा लागेको कुरा ४/५ दिन अगाडी मात्रै थाहा पाएको बताईन् । ‘हस्ताक्षर गरेर आएपछि पनि थाहा थिएन । जब म वडामा आए । तब म त अर्कै ठाउँमा गएकी रहेछु । आफ्नो पार्टी छोडेर सोचे’ उनले भनीन ‘म त सुर्य चिन्ह भएको पार्टीमा लागेकी छु । यो समाजवादी भनेको के हो मलाई थाहै छैन । पछि घरमा श्रीमानले पनि सम्झाए अनी थाहा पाए ।’उनले आफ्नो पद गएपनि एमाले नछोड्ने बताइन् । ‘मलाई थाहा नभएर गएकी हु’ उनले भनीन् ‘जालसाझी गरेर लगे । म पद गएपनि एमालेमा रहने छु ।’ उनीसगैं एकीकृत समावादी रोजेकी रामपती थरुनीले भने आफूले अहिले कुनै निर्णय नलिएको बताईन् ।
पत्रकार सम्मेलनमा अपस्थित भएपनि रामपतीले २/३ दिनमा सोचेर आफूले निर्णय लिने भन्दै थप प्रतिक्रिया दिन मानीनन्। पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष मोहन खत्रीले ५ जना जनप्रतिनिधि नै एमालेबाट निर्वाचित भएको बताए । उनले सबै जना एमालेमै रहेपनि झुक्याएर एकीकृत समाजवादीमा लगिएको बताए । ‘पार्टी बिभाजन भएपछि जालसाझी गरेर बहकाईदिनु भएछ’ उनले भने ‘कसैलाई यो काम गरिदिन्छु, त्यो गरिदिन्छु भनेर समाजवादीमा लगिएको हो ।’ उनले रामपती थरुनी पनि समाजवादीमै आउने दाबी गरे ।सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको नयाँ दल रोज्न समय दिएको थियो । सो समयमा गोदावरीका उपप्रमुख, २ वडा अध्यक्ष सहित ६ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका थिए । सनाखतको समय भाद्र २२ गते सकिएको थियो ।