धनगढी। नेपाली काग्रेंसको १४ औँ महादिवेशनको सरगर्मी निकै बढेको छ । सुदूरपश्चिमका अधिकाशं जिल्लामा वडाको अधिवेशन सम्पन्न भइसकेपनि कैलाली जिल्लामा हुन बाँकी छ। यतिबेला वडाका उम्मेदवारहरु भोट माग्न कार्यक्रता कहाँ पुगिरहेका छन्।
धनगढी उप महानगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा युवा नेता गजेन्द्र सिहंले उम्मेदवारी घोषणा गरिसकेका छन्। वडा सभापतिको उम्मेदवार बनेसंगै उनि कृयाशिल सदस्यकहाँ मत माग्नमा ब्यस्त छन् । २०५८ सालमा नेपाली काग्रेंस प्रजातान्त्रीकबाट राजनिति शुरु गरेका सिहं यसपाली वडा सभापतिका लागी तयार भएका हुन्। हालसम्म कृयाशिल सदस्य भएर पार्टी र जनताको सेवामा काम गर्दै आएका सिहंले अब नेतृत्वमा गएर काम गर्न चाहेका छन्।
पञ्चाधिन माध्यमिक बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा ४ बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरिसकेका सिहं गौरादेवी सामुदायीक बनको अध्यक्षको जिम्मेवारीपनि सफलता पुर्वक सम्पन्न गरेका थिए । यस्तै ५ बर्ष बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका सिहंले त्यहाँबाटपनि पार्टीको राजनिति गर्दै आएका थिए । कोरिया बस्दा नेपाली काग्रेंस जनसम्पर्क समिति दक्षिण कोरियाको सदस्य हुँदै सुदूरपश्चिम समाज दक्षिण कोरियाको उपाध्यक्षको जिम्मेवारी समेत उनले निर्बाह गरेका थिए । हाल हाम्रो सहकारी संस्थाका अध्यक्ष भएर समेत उनि काम गरिरहेका छन् ।
उनले २०६३/६४ सालमा धनगढीमै रहेर पत्रकारिता समेत गरेका थिए । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकासित हुने अभियान दैनिकको धनगढी ब्युरो सम्पादकको भुमिका समेत उनले निभाएका थिए । बिभिन्न सामाजिक संघ संस्थाको जिम्मेवारी सफलता पुर्वक जिम्मेवारी निभाएका उनि अब सक्रिय राजनिति गर्न चाहान्छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ३ मा काग्रेंसका २ सय ३२ कृयाशिल सदस्य मध्ये कम्तीमा १ सय ७० मत सहित बिजयी हुने सिहंको दावी छ।
म आफुपनि सक्रिय युवा भएका कारण मेरो पक्षमा माहोल निकै बढेको छ उनले भने ‘सबैको सहयोग मलाई छ निर्वाचित हुनेमा ढुक्क छु ।’ वडा सभापति बनेसंगै म छिन्नभिन्न रहेको पार्टीलाई एकढिक्का बनाउने छु उनले भने ‘अब हुने तिनै तहका निर्वाचनमा काग्रेंसको उम्मेदवारनै बिजयी हुने गरी काम गर्ने छु साथै एक ब्यक्ती एक पदको सिद्धान्तलाई अवलम्बन गर्दै म स्थानिय तहको निर्वाचनमा अन्य साथीहरुलाई अगाडी सारेर बिजयी गराउने छु ।’ आफुलाइ यहाँका युवा, समाजसेवी , बुद्दिजिबी, ज्येष्ठ नागरिक समर्थन रहेकाले बिजयी हुने मा ढुक्क रहेको उनी बताउँछन् ।