कञ्चनपुर। कञ्चनपुरमा कार्यपालिका बैठकको निर्णय पुस्तिका (माइन्युट) वडाध्यक्षले च्यातिदिएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका (माइन्युट)च्यातिदिएका छन् ।
वडाध्यक्षले बैठक सुरु हुनुभन्दा अगाडि निर्णय पुस्तिका (माइन्युट)च्यातेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष कमलराज गिरीले जानकारी दिए । आज नगरको सभाहलमा ११४ औं कार्यपालिका बैठक बसेको अवस्थामा वडाअध्यक्ष महराले निर्णय पुस्तिका च्यातेको गिरीले भने । शुक्लाफाँटा नगरपालिकाले वडाध्यक्षको उक्त शैलीलाई व्यक्तिगत दम्भ तथा अराजक शैली भनेको छ ।
यता, नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटकपटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि निर्णय पुस्तिका च्यातेको अध्यक्ष महराले बताएका छन्। ‘आजको घटना ट्रेलर मात्रै हो। बाँकी शुक्लाफाँटा नगरपालिकाको बेथितिबारे पीडित समुदायहरुले नै न्याय गर्नेछन्’ उनले भनेका छन्,-पटकपटक लिखित रुपमा गम्भीर ध्यानाकर्षण गराउदा पनि नीति तथा कार्यक्रम र बजेटमा जनताका भावना र चाहना समेटिन्नन भने ।बिरोधले बिद्रोह को रुप लिन्छ।बिद्रोह भए बिनास हुन्छ। आजको घटना ट्रेलर मात्रै हो।बाकी शुक्लाफाँटा नगरपालिका को बेथिति पिडित जनसमुदाय हरुले नै न्याय गर्नेछन् जय जनता। वडाअध्यक्ष बहादुरसिंह महराले बैठकको निर्णय पुस्तिका च्यातेको फोटो सामाजिक सञ्जालमा राख्दै उक्त कदमलाई कमजोरी सम्झी पुनः हर्कत दोहोरिए थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन्।