धनगढी। बैतडीमा संविधान दिवसको अवसरमा कारागारबाट एक जना कैदी छुटेका छन्। छुट्नेमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका जिल्लाको मेलौली नगरपालिका १ का ललित भनिने सुर्य दयाल रहेका छन्।
वि.स २०७० साल साउन १ गते कर्तव्य ज्यान मुद्धामा जेल सजाय सुनाइएका दयालले ६६ प्रतिशत कैद भुक्तान गरिसकेका छन्। उनलाई १३ वर्ष ४ महिना कैद सजाय गरिएकोमा ८ वर्ष दुई महिना कैद भुक्तान गरिसकेका जेलर अनिल तिवारीले जानकारी दिए। सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएकाहरुलो कैद सजाय मिनाहा गर्ने गरेको छ। यो वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन्।