धनगढी। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले संविधानको पालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनुपर्ने बताएकी छिन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश ब्यक्त गर्दै मन्त्री जोशीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको अक्षरशःपालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनुपर्ने बताएकी हुन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देशमा उनले करिब सात दशक लामो राजनीतिक संघर्षबाट प्रापत संविधानले सामन्ती, निरंकुश, केन्दिकृत, राज्यव्यवस्थाद्धारा सिर्जित सबै प्रकारका असमानता, विभेद र उत्पीडनको अन्त्य गर्दै सहअस्तित्व, न्याय र समानताको माध्यमबाट नेपाली समाजलाई समृद्धिको मार्गमा अगाडी बढाउने लक्ष्य लिएको उल्लेख गरीन् ।
जननिर्वाचित संविधानसभाद्वारा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको सातौँ बर्ष प्रवेशको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा मन्त्री जोशीले शुभकामना व्यक्त गरीन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनार्थ अमूल्य जीवन गुमाउनु हुने ज्ञातअज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
साथै मन्त्री जोशीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “सुदूरपश्चिम प्रदेश सरकार नेपालको संविधानको पूर्ण पालना, यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । सबै खालका असमानता, वञ्चनाहरुको कानुन र नीतिबाटै सम्बोधन गर्दै लोककल्याणकारी राज्यको अनुभूति गराउने दायित्व प्रदेश सरकारको समेत हो।”नेपालको संविधानले सबै नेपालीहरुलाई नेपाली हुनुमा गौरव अनुभूत गराउन सकोस्, राष्ट्र, राष्ट्रियता र बृहत राष्ट्रिय एकता, सामाजिक सद्भावलाई मजबुद बनाउन नेपालको संविधान थप प्रेरक बन्न सकोस्, भन्दै मन्त्री जोशीले संविधान दिवस २०७८ को सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।