धनगढी। सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् आज विस्तार गरिने भएको छ । आर्थिक मामिला मन्त्रीबाट प्रकाश बहादुर शाहले राजिनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति आज हुने भएको हो।
नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले मन्त्री नियुक्ति गरिने जानकारी दिए। मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बाहिर रहेकाले मुख्यमन्त्री भट्टले मन्त्री नियुक्त गर्ने र प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले जानकारी दिए ।
अर्थमन्त्रीका लागि तारा लामा तामाङको सम्भावना बलियो रहेको श्रोतले जानकारी दिएको छ। पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछी ती दुबै पद खाली रहेको छ ।