धनगढी। धनगढीको ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढीको ६ लेन सडकअन्तर्गत चटकपुरमा पार्किङ गरीराखेको ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा गोदावरी नगरपालिका वडा नम्बर २ का ३० वर्षीय टेकबहादुर बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भने मोटरसाइकल पछाडि सवार गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।
६ लेन सडकअन्तर्गत उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा पार्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्रकसँग से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको उनले जानकारी दिए । ट्रक चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय दीपक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।