धनगढी। धनगढीमा महिलालाई गालीगलौज गरेको आरोपमा काँग्रेसका स्थानीय नेता पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–५ जाईका नेपाली काँग्रेसका नेता विनय कुमारी चौधरीले छिमेकी महिलाको घरमा गालिगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ। मदिरा सेवन गरी छिमेकीको घरमा गएका उनले ती महिलालाई चिरपटले हिर्काएको समेत स्थानीयले आरोप लगाएका छन्।
‘श्रीमान घर वाहिर भएको मौका छोपेर छिमेकीको घरमा गएर गालिगलौज गदैँ चिरपाटले हानेर हातमा चोट लागेको छ’, स्थानीयले भने, ‘सधैँ जस्तो ती व्यक्तिले छिमेकीलाई गालिगलौज गदैँ आएका थिए।’पीडित व्यक्तिले प्रहरीमा जाहेरी दिएको छ। मुद्धा राजनीतिक दवावमा मिलाउने प्रयास भईरहेको पीडित पक्षको आरोप छ। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउँदले पीडितले जाहेर दिएको जानकारी दिए।