धनगढी : पुर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य नारदमुनी रानाले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी खारेज हुने दावी गरेका छन् । सुप मिडियाको एस टिभि टकमा पत्रकार दिनेश बिष्ट संग कुरा गर्दै रानाले नेपाल नेतृत्वको नेकपा एस अबैधानिक पार्टी भएकाले खारेज हुने दावी गरेका हुन् ।
२० प्रतिशत सांसद वा केन्द्रिय सदस्य भनेर अध्यायदेश ल्याइएको छ २० प्रतिशत सांसदनै पुगेका छैनन् उनले भने ‘पार्टी फुटाउनका लागी कति प्रतिशत सदस्य चाहिन्छन संबिधानमा स्पस्ट लेखिएको छ अनी किन २० प्रतिशतको अध्यायदेश ल्याउनुप¥यो त ।’
नेकपा एमालेलाई सिद्याउन माधव नेपाल लगायत प्रचण्डहरुले कसम खाएका थिए उनले भने ‘फुटाउन सकेनन अनी माधव नेपाललाई चोइट्याउन सहयोग गरे, एमाले फुटाउन अग्नी सापकोटा जस्ता प्रचण्डका कार्यक्रता सभामुखको भुमिका महत्वपुर्ण छ ।’
सभामुखले सत्तापक्ष र प्रतिपक्षलाई समान ब्यवहार गर्नुपर्ने होइन उनले प्रश्न गरे ‘अरुले कार्वाही गरेको पत्र पठाएकै दिन पढेर सुनाउने एमालेले कार्वाही गरेको पत्र पठाएको १३ दिनसम्म पत्र नसुनाउने के भुमिका खेलेको सभामुखले ?’
सभामुखकै बिभेदपुर्ण कदम बिरुद्ध हामीले संसदमा नाराबाजी गर्नुप¥यो उनले भने ‘प्रतिपक्षी दलले संसदमा उभिएर अवरोध गरे त्यसको समाधान नहुँदासम्म संसद चल्दैन तर सभामुखले पेलेरै संसद चलाउनु भयो संबिधान उल्लघंन त सभामुखले गर्नुभयो नी ।’
प्रतिपक्षी दलको अवरोधमा संसद चलाउन नमिल्ने भएपनि प्रचण्डको ठाडो निर्देशनमा सभामुखले एमालेको अवरोधकै बिच सांसद चलाएपछि एमाले उग्र बनेको उनले बताए । एमालेलाई नाराबाजी गर्न मिल्ने ठाउँमा समेत जान दिएन उनले भने ‘संसदको प्रतिपक्षी दल नाराबाजी गर्न बिरोध गर्न कि माइतिघर मण्डला आउँथ्यो त त्यही संसदमा हो बिरोध गर्ने अनी बिरोध गर्ने ठाउँमा समेत जानबाट रोकियो अनी त्यसको प्रतिकार गर्नुपरेन ?’
एमाले ईन्चार्ज लेखराजनै
रानाले एमाले सुदूरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्टनै रहेको बताए । एमाले जेठ २ मा फर्किसकेको छ उनले भने ‘उपाध्यक्ष, सचिव, स्थाई समिति सदस्य सबैको पद पुरानै अवस्थामा छ सबैले जिम्मेवारी पाउनुभएको छ, सुदूरपश्चिममा तत्कालिन अवस्थामा संयोजक भिम रावल हुनुहुन्थ्यो, अहिले ईन्चार्ज लेखराज भट्टलाई दिइएको छ ।’
लेखराज भट्ट, टोप बहादूर रायमाझी लगायत पुर्व माओवादीहरुले एमाले प्रवेश गर्नुभएको होइन नी उनले भने ‘नेकपा हुँदा मिलेको पार्टी छुट्टिदा कोही उता लागे कोही यता यो कोही कसैको पार्टीमा प्रवेश गरेका होइनन् नी ।’