धनगढी । सुदुरपश्चिममा पहिलो पटक सिपी अस्पतालमा दुरबिन विधीबाट महिलाको बिग्रीएको मृर्गौलाको सफल शल्यक्रिया भएको छ।
बिगत ७ बर्ष देखी सुदुरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सिपी अस्पताल प्राली चटकपुर धनगढीमा सुदुरपश्चिमै पहिलोपटक दुरबिन विधीबाट Laparoscopic Nephrectomy (बिग्रेको मृर्गौला झिकिएको) सफल अप्रेसन भएको हो ।
यसअघि सुदुरपश्चिममा बिग्रेको मृर्गौला झिक्न Open Nephrectomy हुँदै आएकोमा सिपी अस्पतालले युरो सर्जरी सेवा नियमित सुरु गरेपछि युरोसर्जन डाक्टर सुमित कर्ण , वरिष्ठ जनरल सर्जन चन्द्रप्रकाश पाण्डेय,जनरल सर्जन डाक्टर सञ्जय गुरुङ, एनेस्थोसिथोलोजिष्ट डाक्टर कपिल गौतम, स्क्रब्स सहायक आई पि चटौत,खेमराज भट्ट, भावना जोशी, लगायतको टिमले पुनर्वास नगरपालीका कि २७ बर्षिया महिलाको बिग्रेको मृर्गौला दुरविन विधीबाट झिकेर सफल शल्यक्रिया गरेका हुन् ।
Open Nephrectomy विधीबाट मृगौला झिक्दा दुखाई बढी हुने, रक्तस्राब बढी हुने, चिरेको घाउ पाक्न सक्ने, अस्पताल बसाई लामो हुनसक्ने आदी समस्याबाट दुरबिन विधी सञ्चालन आएपछि बिरामीले धेरै राहत महसुस गर्ने बिश्वास लिएको डाक्टर सुमित कर्णले बताएका छन् ।