धनगढी। कैलालीमा नेकपा एकीकृत समाजवादी रोजेका २ वडा सदस्य एमालेमै फर्किएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० का दुई जना वडा सदस्य पुन एमालेमा फर्किएका हुन्। वडा सदस्य इन्दुदेवी चौधरी र हसिना विकले एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको जनाएका हुन् ।
उनीहरु दुबैले भदौ २२ गते एमाले विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका थिए । नेकपा एकीकृत समाजवादी रोजेको एक साता नपुग्दै उनीहरु दुबै जनाले शनिबार आफूहरूलाई भ्रममा राखेर सनाखत गराइएको भन्दै एमालेमै रहेको जनाएका हुन् । उनीहरुले भने, हामी सिधासाधा जनप्रतिनिधिलाई लोभ लालज र धम्कीपूर्ण शैलीमा निर्वाचन कार्यालय धनगढीमा लगी भ्रममा पारि पार्टी परित्याग गर्न लगाइ फरक दल रोज्न लगाइ गुमराहमा पारिएकोले हामी नेकपा एकीकृत समाजवादीमा नभई आफ्नै पार्टी नेकपा एमालेमै रहेको जानकारी दिएका हुन् ।
दुबै जनप्रतिनिधिले संयुक्त जारी बिज्ञप्तिमा लेखेका छन्, ‘जाली फटाहरूले नेकपा एमालेलाई चोइट्याएर अलग भएको सानो झुन्डले हामी सिधा जनप्रतिनिधिलाई लोभ लालज र धम्कीपूर्ण शैलीमा निर्वाचन कार्यालय धनगढीमा लगी अब देखि तपाईंहरूको सेवा सुविधा यहाँबाट हुने भनी भ्रममा पारि पार्टी परित्याग गर्न लगाइ फरक दल रोज्न लगाइ गुमराहमा पारिएकोमा हामी नेकपा एकीकृत समाजवादीमा नभई आफ्नै पार्टी नेकपा एमालेमै रहेको जानकारी को लागि यो विज्ञप्ति जारी गरेका छौं,’उनीहरुले लेखेका छन् । शनिबार बसेको वडा कमिटीको पहिलो बैठकमा दुई जनप्रतिनिधिले विज्ञप्ति जारी गरेर एमालेमै रहेको जनाएको बिषयमा जानकारी गराइएको वडा कमिटी अध्यक्ष पूर्ण बडूवालले जानकारी दिए। बडूवालले भने, उनीहरुले एमाले छोड्नै सक्नुहुन्थेन । लोभ लालज र धम्की दिइएको रहेकाले ‘‘यस्ता लोभ लालज र धम्कीबाट एमाले छोडेकाहरूलाई पनि हामी एमालेमै फर्काउने उनले भने ।