धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा बच्चादानी फुटेर पेटभित्र रगत बगिरहेकी महिलाको सफल अप्रेशन गरेको छ ।
पहिले देखी नै सोही अस्पतालमा चेकजाँच गरिरहनु भएकी मन्जुलाई औषधी गर्दा समेत सन्चो नभएको र झन बढी पिडाहुन थालेपछि निसर्ग हस्पिटलमा आएको मन्जुकी सासुआमा मिनिमाया तामाङले बताईन । पुनरबास ०३ कञ्चनपुरकी २६ बर्षिया मन्जु तामाङ गर्भबति थिईन । गर्भ रहेको आठ महीनामा एक्कासी उनको पेट र छातीमा काडाले घोचेजस्तो भएपछि उनलाई परिवारका अन्य सदस्यहरुले धनगढीको एक अस्पतालममा ल्याएका थिए ।
बुहारी छटपटाई रहेको देख्दा साह्रै नै मन आत्तीएको थियो । जसोतसो मनलाई दरो बनाएर अप्रेशन कक्ष बाहीर बसीरहेका थियौ । एकछिन पछि आमा र बच्चाको अबस्था सामान्य छ तपाईको नातीनी भएको छ भनेपछि भने मन अलि सान्त भयो । मिनिमाया तामाङले भनिन ।
मन्जुको बच्चादानी फुटेर रगत बगिरहेको थियो । अलि ढिलो भएको भए अर्थात समयमै उपचार नपाएको भए बच्चादानी त फाल्नु पर्ने नै हुन्थो । आमा र बच्चाको ज्यानपनि जान सक्ने अबस्था रहेको उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा।नज्मुस्वा अन्सारी बताउछिन । आमालाई बेथा पनि नलागेको र यसभन्दा पहिले कुनैपनि अप्रेशन नभएको यस्तो केसमा पाठ्यघर फुटनु भनेको एकदमै कम भएको र आजसम्मको अनुभबमा यो पहिलो भेटेको डा। अन्सारी बताउछिन ।
सल्यक्रिया बाट सुत्केरी गराईको र अहिले आमा र बच्चा दुबैको स्वास्थ्य स्थिती राम्रो भएपछि हस्पिटलले आज उनलाई घर पठाएको छ ।
डा.अन्सारीले चिकित्सा क्षेत्रमै दुर्लभ र जटिल मानिएका अप्रेशन समेत निसर्ग हस्पिटलमै गरिरहनु भएको छ । हस्पिटलको सेवा सुबिधाको क्रमलाई सुधार गर्दै देशमै उत्कृस्ट हस्पिटल बनाउन ब्यवस्थापन,चिकित्सक सहीतको टोलीले मेहेनत गरिरहेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बाताए ।