काठमाडौं। प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन् । उनले बजेटको आकार घटाएका छन् भने ओली सरकारले पूर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु पनि कटौती गरेका छन् । अर्थमन्त्रीले बजेट वक्तव्य वाचन गरिरहँदा वेलमा नाराबाजी गरिरहेका सांसदहरुले भने केही सांसदलाई उचालेर रोष्ट्रममा पुर्याउने प्रयास समेत गरेका छन् । मर्यादापालकहरुले छेकेका छन् । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले पनि पालैपालो चार जना सांसदलाई हातहात, काँधकाँधमा उचालेर रोष्टममा पु¥याउने प्रयास गरे । यदि उनीहरु रोष्टममा पुगेको भए अर्थमन्त्रीको माइक खोस्न सक्थे । उचालिने सांसदहरु गंगा चौधरी सत्गौवा, नरबहादुर धामी, नारमुनी राना र आशा विक हुन्। गृहमन्त्रीको माइक तानिएको छ । नाराबाजी गरिरहेका एमाले सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक तानेका छन् । एमालेका एक सांसदले गृममन्त्रीको माइक झिकेर रोष्ट्रमतिर हान्न खोजेकी थिइन् । तर एमालेकै अरु सांसदले उनलाई रोके । प्रधानमन्त्री लगायत केहीको टेबुलमा रहेको माइकहरु सांसदले झिकेर आफैं लुकाए ।