बझाङ। बझाङमा जिपले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । बझाङ्ग केदारस्युँ गाउँपालिका ४ घर भएका अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावललाई जिपले ठक्कर दिँदा मृत्युु भएको हो ।
केदारस्यूँ गाउँपालिका १ देउरादेखि बाग्थाला जानेक्रममा से १ ज ९६८ नम्बरको जिपले बिहीबार बेलुकी ७ः३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा रायल स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए । गाडी चालक भने फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।