कंचनपुर। राष्ट्रिय जनमोर्चाले कंचनपुरमा प्रथम जिल्ला भेला सप्पन्न गरेको छ । कञ्चनपुरको बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको प्रथम जिल्ला भेला सम्पन्न भएको राष्ट्रिय जनमोर्चाका प्रदेश सचिब लक्षिराम आचार्यले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चा कंचनपुरको प्रथम जिल्ला भेलाले ४५ सदस्यीय जिल्ला समिती चयन गरेको छ । प्रथम जिल्ला भेलाबाट समितीको अध्यक्षमा गोबिन्द बि क निर्बाचित भएका छन् । यस्तै उपाध्यक्षमा कृष्ण पण्डित ,सचीवमा महेश जोशी,सह सचिबमा निरु कोलि,कोषाध्यक्षमा हरि शर्मा लगायत अन्य सदस्यहरु रहेका छन् ।
४५ सदस्यीय जिल्ला समितीमा चयन तथा निर्वाचित भएका कार्यसमितीलाई प्रदेश सचिब लक्षिराम आचार्यले हार्दिक बधाई भनेका छन् । भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एबम सुदुर पश्चिम इन्चार्ज लाल बहादुर जाग्री ,प्रदेश अध्यक्ष लोकेन्द्र लम्साल, प्रदेश सचिब लक्षिराम आचार्य , अखिल (छैठौं)का महासचिव महेश जोशी रा जामोर्चाका नेताहरु सहबिर सुनार,धर्मदेव पन्त, ललित चन्द र बालकृष्ण ढकाल लगायतले संबोधन गरेको जनाइएको छ ।