धनगढी : सुदूरपश्चिम प्रदेशसभाको अर्थ बिकास तथा प्राकृतिक श्रोत समितिका सभापति हर्क बहादूर कुँवर गोबिन्दले माधव नेपाल आफ्नै घरमा आगो लगाएर भागेको आरोप लगाएका छन् । सुप मिडियाको एस टि भि टकमा दिनेश बिष्टसंग कुरा गर्दै कुँवरले आफ्नै पार्टीलाई धोका दिएर माधव नेपालहरु भागेको बताएका हुन् ।
देश र जनताको हितका लागी दुई पार्टीबिच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेपनि बिबिध कारणले अदालतबाट पुर्ववत स्थानमा फर्केपछिपनि एमालेमा नेकपा हुँदाकै अवस्था जस्तै बिवाद रहेको उनले स्वीकारे । हामी प्रतिगमनका बिरुद्धमा थियौँ उनले भने ‘अदालतमा गएर हस्ताक्षर गर्नेसम्म हामीले गरेकै हौँ तर पार्टी फुटाउन हस्ताक्षर गरेका होइनौँ नी प्रतिगमन सच्याउन हस्ताक्षर गरेका हौँ अदालतले प्रतिगमन सच्याइसक्यो हाम्रो मुद्धा त सकियो नी फेरी के को लफडा ।’
पार्टीलाई बचाउन दुबै समुहबाट कार्यदल बनाउनमा माधव नेपाललेनै सहमती दिनुभएको हो अनी त्यो सहमती अनुसार कार्यदलले बनाएको १० बुदे सहमतीमा किन माधव नेपालनै सहमत हुनुभएन उनले प्रश्न गरे ‘एमालेलाई फुटाउने योजनाका साथ हामी लागेका थिएनौँ हामी नेतृत्वलाई सच्याउन लागेका थियौँ र १० बुदे कार्यान्वयनमा, १० बुदे कार्यान्वयनको चरणमा छ त पार्टीबाट किन भाग्ने ।’
हामीले पार्टीबाट भाग्नु भनेको देश र जनतामाथी धोका हो उनले भने ‘पार्टी भित्रको समस्या भए पार्टीमै लडाई गर्ने हो पार्टीमै समाधान गर्ने हो भागेर समाधान त हुन्न नी ।’
यहाँपनि कोही ६ महिना मन्त्री खान कोही १ बर्ष मन्त्री खान नेकपा एकिकृत समाजवादीमा लागेका छन् उनले भने ‘हिजोका दिनमा भिम रावललेनै बनाएकाहरुले आज भिम रावललाइनै धोका दिएका छन् कोलाई बनाएन भिम रावलले हिजो मन्त्री बनाउनमा, नेता बनाउनमा हाम्रोपनि सहयोग भयो होलानी ।’
हामी संख्यात्मक रुपमा कम देखिएपनि बिचारमा कमजोर छैनौँ उनले भने ‘क्षणिक स्वार्थका लागी गएकाहरु आफै पछुताउँछन् एमाले अहिले प्रदेशसभामा कमजोर देखिएपनि अर्को निर्वाचनमा फेरी सबैभन्दा ठुलो दल बनेर आउँछ ।’