धनगढी : दुर्घटनामा परी घाइते भएका नेपाल बजार बिक्रि प्रतिनिधी संघका साधारण सदस्य बहादूर कार्कीलाई नेपालबजार बिक्रि प्रतिनिधीसघं सुदूरपश्चिम प्रदेश समितिको पहलमा उपचारका लागी आर्थिक सहयोग भएको छ ।
धनगढी स्थित निसर्ग अस्पतालको आइसियु कक्षमा उपचाररत कार्कीका लागी बजार बिक्रि प्रतिनिधी संघले १ लाख बढी रकम संकलन गरी सहयोग गरेका हुन् । आज एक कार्यक्रमका बिच कार्कीकी श्रिमती रेणुका कार्कीलाई १ लाख ११ हजार रकम सहयोग गरेको नेपाल बजार बिक्रि प्रतिनिधी संघका केन्द्रिय सदस्य जनक ढकालले जानकारी दिए ।
आज एक कार्यक्रमको आयोजना गर्दै सघंका केन्द्रिय उपाध्यक्ष धुर्ब कार्की, कैलाली उधोग बाणिज्य संघका सचिव शिद्धराज पनेरुले कार्कीकी श्रिमतीलाई आर्थीक रकम हस्तान्तरण गरेका हुन् ।