धनगढी। कैलालीमा एमालेबाट निर्वाचित स्थानीय तहका ६५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । नेकपा एमाले बिभाजनपछि बनेको माधब नेपालको गठित नेकपा एकीकृत समाजवादी पार्टीमा कैलालीका ६५ जना स्थानिय तहका जनप्रतिनिधिले सनाखत गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी पार्टीमा कैलालीका ३ जना उपप्रमुख, १२ जना वडाअध्यक्ष, ३७ जना वडा सदस्य, ९ जना कार्यपालीका सदस्य र ४ जना जिल्ला समन्वय समितीका उप-प्रमुख सहित सदस्य गरी ६५ जनाले सनाखत गरेको नेकपा एकीकृत समाजवादी कैलालीका नेता बिमल जोशीले जानकारी दिए । यस्तै, सनाखत गर्ने उपप्रमुखमा गोदावरी नगरपालीकाका उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालीकाका उपप्रमुख प्रेमकुमारी थापा, महोन्याल गाउँपालीकाका उपप्रमुख पुजा बुढामगर छन् ।
यस्तै सनाखत गर्ने वडाअध्यक्षमा गौरीगंगा नगरपालिका २ का वडाअध्यक्ष जनक साउँद, गौरीगंगा नगरपालिका ५ का वडाअध्यक्ष जंग विक, गौरीगंगा नगरपालिका ७ का वडाअध्यक्ष दल बहादुर कुमाल, घोडाघोडी नगरपालिका ४ का वडाअध्यक्ष टेक बहादुर बुढा, घोडाघोडी नगरपालिका ७ का वडाअध्यक्ष धन बहादुर बम, घोडाघोडी नगरपालिका १० का वडाअध्यक्ष भिम बम, लम्कीचुहा नगरपालिका ८ का वडाअध्यक्ष पुर्ण विष्ट छन् ।
यस्तै टिकापुर नगरपालिका १ का वडाअध्यक्ष गंगाराम आचार्य, गोदावरी नगरपालिका ५ का वडाअध्यक्ष कर्णसिंह बोहरा, गोदावरी नगरपालिका ११ का वडाअध्यक्ष शिव विक, महोन्याल गाउँपालीका ४ का वडाअध्यक्ष टेकेन्द्र बोगटी, धनगढी उपमहानगरपालीका १४ का वडाअध्यक्ष राम बजारी चौधरीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । यस्तै जिल्ला समन्वय समिती कैलालीका उप्रमुख शुन्दरी देवि चौधरी तथा सदस्यहरु देवि भण्डारी, मालति विक, ललित साउँदले सनाखत गरेको नेकपा एकीकृत समाजवादी पार्टी कैलालीका नेता बिमल जोशीले जानकारी दिएका छन् ।