धनगढी। सुदूरपश्चिमका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका हुन् ।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका हुन् । राज्यमन्त्री गहतराजले राजीनामा दिने बारे छलफल भईरहेको जानकारी दिईन्, नेकपा एकीकृत समाजवादीमा जाने हाम्रो कुनै तयारी छैन, उनले भनिन्।, विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए ।
तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ दिएका छैनन्। सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।त्यसैले अब सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीको सयुक्त सरकार हुने देखिएको छ।