धनगढी : बिकसित ठाउँमा लाखौँ शुल्क लाग्ने शैक्षिक संस्थाहरु सञ्चालन भइरहेपनि ग्रामिण क्षेत्रमा बने सहज रुपमा सामुदायीक बिद्यालय पाउनै कठिन छ । हुने खानेका लागी सहज पहुँचमा बिद्यालय हुने तर बिपन्न बर्गका बालबालिका शिक्षाबाटै बञ्चित हुनु पर्ने अवस्था छ । राजा रजौटाहरुको दवदवामा हुर्किएको दलित तथा श्रेत्री समाज हो बैतडीको सुर्नया २ ग्वानी ।
बर्षौँदेखी उपल्लो बर्गको चेपुवामा रहेको यो गाउँमा बिद्यालय नहुँदा बिगतका कयौँ बालबालिका आधारभुत शिक्षाबाटै बञ्चित भए । उपल्लो समुदायको दवदवाकै बिच दलित समुदायको अगुवाइमा गाउँमै आधारभुत बिद्यालय सञ्चालन भएपछि साना नानी बाबुहरु समेत अहिले शिक्षाको पहुँचमा पुगेका छन् । पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादूर चन्दको जन्मभुमी समेत रहेको गाउँ हो सुर्नया गाउँपालिका २ बैतडी । तत्कालिन बाशुलिगं गाबिस १,२ र ३ नम्बर वडा रहेको ग्वानी गाउँमा बिद्यालय थिएन ।
सुर्नया २ का दलित अगुवा तथा हलिया मुक्ती समाजका अध्यक्ष जयराम लुहार आफै १४ बर्षको उमेरमा कक्षा १ मा भर्ना भएका थिए । बाहुन तथा ठकुरी समुदायको परिवारले नजिक बिद्यालय भएका क्षेत्रमा गएर भएपनि पढाउने तर निम्न बर्गको समुदायका बालबालिकाले बिद्यालय उमेरमा पढ्न नपाएको कुरा उनको मनमा खड्किरहन्थ्यो । आफु १४ बर्षको उमेरमा बिद्यालय गएपनि कक्षा १० सम्मको अध्यायन गरेको उनि जहिलेपनि अधिकारको लडाई लड्थे ।
ठुलाबडाबाट अधिकार माग्न उनि अग्र पंक्तीमा हुन्थे । गाउँमा बिद्यालय नहुँदा उनि आफै अर्थात परिवार तथा समुदायले भोगेको पिडालाई उनले बिर्षिएनन् । र गाउँमै स्कुल सञ्चालन गर्ने मनसाय बनाए । गाउँका राजनितिकर्मी, बुद्धिजिबि लगायतसंग उनले बिद्यालय सञ्चालन बारे छलफल गरे तर कसैबाटपनि सकारात्मक सुझाव आएन ।
गाउँमा धेरैले मलाई पत्याएनन् उनले भने ‘अन्तमा मेरै दलित समुदायले मलाई पत्याए र एकजना दान सिहं महरले स्कुल सञ्चालनका लागी शुन्दरपुरमा जमिन उपलब्ध गराउनुभयो बिभिन्न संस्थाको सामान्य बजेटले एउटा भवन बनायौँ ।’ र शिक्षिकालाई श्रमदानमा राखी बालबिकास कक्षा सञ्चालन गर्यौँ उनले सम्झे ‘२०७० सालमा यहाँको दलित समुदाय संगै क्षेत्री समुदायले श्रमदान गर्दैै भवन बनायौँ र बालबिकास कक्षा सञ्चालन भए ।’ अहिले डाँडाबाग आधारभुत बिद्यालय सुर्नया २ बैतडीका नामले कक्षा ५ सम्मको पढाई यो बिद्यालयमा भइरहेको छ ।
दशरथचन्द राजमार्गमा पर्ने सिउँडेमा रहेको बिद्यालयमा जान बालबालिकाहरुलाई धेरै टाढा पर्ने, बाशुदेव माबी लिस्किटा जान जंगल र नदी, बाशुदेव आधारभुत बिद्यालय तडिगाउँ जान झन टाढा पर्ने हुँदा ग्वानी गाउँका बालबालिकाहरु ठुलो उमेर भएपछी बिद्यालय जान बाध्य थिए । सो बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लुहारले भने ‘१४÷१५ बर्ष उमेर पुगेपछि बिद्यालयको पहुँचमा पुग्ने र २÷४ बर्षको अध्यायनपछि रोजगारीका लागी भारत पलायन हुने परिपाटी यहाँ निकै बढि थियो पुर्व प्रधानमन्त्री देखी बिभिन्न क्षेत्रका अगुवाहरुको बसोबास रहेको यो गाउँका बालबालिकाले सहज रुपमा शिक्षा पाउन सक्ने अवस्था नभएपछि बिद्यालय सञ्चालन गर्ने आँट गरेको हुँ सबैको सहयोगले बिद्यालय सञ्चालन हुन पुग्यो ।’ उनले भने ‘अहिले गाउँपालिकाले एउटा स्थाई दरबन्दी दिएको छ सोही दरबन्दीमा हामीले प्रधानाध्यापक पाएको छौँ अहिले जित बहादूर बिष्ट यस बिद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।’
सानै उमेरमा बालबालिकालाई बिद्यालय पठाउन निकै डराउने यहाँका नागरिकहरु अहिले ४ बर्षकै उमेरमा आफ्ना छोरा छोरीहरुलाई बिद्यालय पठाउने गरेका छन् । बिद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका महेश बिकले अहिले ४÷५ बर्षका बालबालिकाहरु यस बिद्यालयमा भर्ना भइरहेको बताए ।
एनले भने ‘गाउँमै आधारभुत तहको बिद्यालय नहुँदा हुने खाने तराई सर्ने र निम्न बर्गको बालबालिकाले पढ्ने उमेरमै रोजगारीका लागी भारत जानुपर्ने बाध्यतालाई अहिले यो बिद्यालय सञ्चालन संगै अन्त्य गरेको छ ।’ कक्षा ५ सम्म सञ्चालन भएको यो बिद्यालयलाई आधारभुत तहसम्म सञ्चालनका लागी सम्बन्धित पक्षले सहयोग गर्नुपर्ने उनको तर्क छ ।
दलित समुदायले अगुवाई गर्दै बिद्यालय सञ्चालन गर्दा यहाँका राजनितिकर्मी देखी, बुद्धिजिबिहरुको समेत साथ नपाउँदा निकै सकस खेप्नुपरेको थियो । आफ्नै नाजुक अवस्था रहेको मुक्त हलिया समुदायको अगुवाइमा सञ्चालित बिद्यालयमा निजि श्रोतबाट शिक्षक पाल्नुपर्ने, भौतिक संरचना निर्माण लगायत निकै समस्या थियो । जब स्थानिय तह आए बल्ल शिक्षक पाल्ने जिम्मा लिएपछि बिद्यालय सहज रुपमा सञ्चालन भएको छ । अहिले बिद्यालयमा सरकारी दरबन्दी समेत आइसकेको छ । साथै गाउँपालिका भरीका निजि शिक्षकहरुलाई समेत पालिकाले पारिश्रमिक उपलब्ध गराई शैक्षिक गुणस्तर अभिबृद्धीमा जोड दिएको छ ।
गाउँपालिकाका अध्यक्ष बिर बहादूर बिष्टले शैक्षिक क्षेत्रको बिकासका लागी सामुदायीक बिद्यालयका शिक्षकहरुलाई पालिकाले पारिश्रमिक उपलब्ध गराइरहेको बताए । उनले भने ‘सामान्य अवस्था भएको बिद्यालयले शिक्षक पाल्नै नसक्ने अवस्था थियो शिक्षकले पारिश्रमिकनै पाएन भने शिक्षाको गुणस्तर झन खस्किदै जान्छ त्यस कारण हामीले शिक्षकहरु सबैलाई पालिकाबाटै पारिश्रमिक उपलब्ध गराइरहेका छौँ ।’
यो एउटा प्रतिनिधि मुलक घटना मात्रै हो । यस्ता धेरै ठाउँमा बिद्यालय नभएकै कारण बालबालिकाहरुले शिक्षाबाट बञ्चित हुनु परेको छ । गाउँमा राजनिति गर्नेहरुले शिक्षालाई प्रार्थमिकता दिनुभन्दापनि भौतिक निर्माणलाई जोड दिदै आफु समेत आर्थिक मुनाफा तर्फ केन्द्रित हुने गरेका छन् ।