धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८१ जनाको नमुना परिक्षण गरिएको छ । सोमबार अस्पतालको प्रयोगशालामा ८१ नमुना परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै ६१ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ। हाल अस्पतालमा १७ जना बिरामीको उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जना बिरामी निको भई घर फकिएकोमा थप २ जना अस्पतालमा भर्ना भएका छन्। अस्पतालको आइसियुमा ६ जना र भेन्टिलेटरमा २ जनाको उपचार भैरहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा कुनै कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको छैन ।