धनगढी। एमाले बिभाजनपछि बनेको माघब नेपाल समुहको नेकपा (एकीकृत समाजवाद) मा सनाखत हुने क्रम जारी छ । एमाले बिभाजनपछि कैलाली जिल्लाका स्थानिय जनप्रतिनिधीहरुले पनी एमाले छोड्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरीरहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीले आ-आफ्नो पार्टिमा सनाखत गर्न चाहानेका लागी यही भदौ २२ गते साँझ ५ बजेको समय तोकेको छ । यसैबिच स्थानिय जनप्रतिनिधीहरु पनी प्रदेश निर्वाचन कार्यालय धनगढीमा स्वयम आफै उपस्थित भएर उनीहरुले एमाले छाड्दै नेकपा (एकीकृत समाजवादी)पार्टीमा सनाखत गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)रोज्ने कैलालीका ३२ जना जनप्रतिनिधि- अहिलेसम्म कैलालीका ३२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेको पाइएको छ । जस्मा जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी, गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले नेकपा (एकिकृत सामाजवादी)को पक्षमा सनाखत गरेका छन्।
यस्तै ५ जना वडा अध्यक्षले पनि एकीककृत समाजवादी रोजेका छन्। धनगढी उपमहागरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य र मोहन्याल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकेन्द्र बोगटीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। अन्य २४ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालय कैलालीले जनाएको छ।
नेकपा (एकीकृत समाजवादी)रोज्ने १३ जना प्रदेश सांसद- एमालेबाट विजयी भएर नेकपा (एकीकृत समाजवादी)रोज्ने प्रदेश सांसदको संखया भने १३ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, पूर्व राज्यमन्त्री प्रकाश रावल, प्रदेश सांसद तारा लामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।