बाजुरा। बाजुराका एक युवकको मलेशियामा मृत्यु भएको छ। रोजगारीका सिलसिलामा मलेशियामा रहेका बाजुराको त्रिवेणी नगरपालिका–५ किम्नीका ३० वर्षीय युवक टेकबहादुर धामीको मृत्यु भएको हो।
रोजगारीका लागि मलेशियामा रहेका धामीको कोरोना पुष्टि भएको २० दिनपछि मृत्यु भएको बताइएको छ । उनका साथीहरुले अस्पतालमा लगेपछी अस्पताल लग्ने वितिकै डाक्टरले मृत्यु घोषणा गरेको धामीका मामा नाता पर्ने आफन्त जनक बुढाले जानकारी दिए।
उनका अनुसार धामीलाई कोरोना देखीएको २० दिन भई सक्दा पनि होम क्वारेन्टाइनमै थिए। समयमा उपचार नपाउँदा मृत्यु भएको बुढाले बताएका छन्। धामी इस्साईट एलाइन्स सेक्यूरिटी कोलालाम्पुरमा कार्यरत थिए। उनलाई रोजगारीका लागि मलेशिया गएकाको ६ वर्ष भईसकेको थियो। मृतक धामीका बुढी सहित एक छोरा एक छोरी छन्।