धनगढी। धनगढीमा प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृद्र्धिकालागी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ। आज (आईतबार)खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली जिल्लामा रहेका पानी उद्योगको गुणस्तर तथा स्वच्छता अभिबृद्र्धिका लागी सरोकारवालासंग अन्तरक्रिया गरेको हो।
कार्यालय प्रमुख नवराज दाहालले कैलालीमा रहेका २० वटा पानी उद्योगमा कार्यरत प्राबिधिकहरुसंग प्रशोधित पिउने पानीको गुणस्तर तथा स्वच्छता अभिबृद्र्धिबारे अन्तरक्रिया गरिएको जानकारी दिए । कार्यालय प्रमुख दाहालले प्रशोधित पिउने पानीको स्वच्छता र गुणस्तर सम्बन्धी निर्देशिका लागुगरि प्रशोधन स्थलबाटै सुधार गर्न भनिएको बताए। साथै प्राबिधिकहरुसङको अन्तर्कृया कार्यक्रमले प्रशोधन स्थलबाटै पानीको स्वच्छता र गुणस्तरमा समेत सुधार हुने अपेक्षा लिएका छन् ।