कैलाली। शनिवार सेती अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको प्रयोगशाला १२४ जनाको नमुना परिक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार ९८ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । हाल अस्पतालमा १४ जना बिरामी उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जना निको भई घर फकिएकोमा थप ३ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै ४ जना आइसियुमा र २ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । भने पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमित बिरामीको मृत्यु नभएको अस्पतालले जनाएको छ ।