धनगढी। शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १२२ जनाको नमूना परिक्षण गरिएकोमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै ९८ जनाको रिर्पोट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १५ जना कोरोना संक्रमित उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जना अस्पतालमा भर्ना भएका छन् । ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।