भारतले दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा एक जना नेपाली बेपत्ता भएको घटनाबारे औपचारिक जानकारी नभएको बताएको छ।
बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मिडियामा रिपोर्टहरू पढे पनि यसबारेमा सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताएका हुन्। ‘नेपालले छानबिन समिति बनाएको मिडियाबाट थाहा पाएको हो, त्यो उनीहरूको आन्तरिक छानबिन समिति हो। हामीलाई यसबारेमा केही जानकारी छैन,’ बाग्चीले भने। भिडिओ हेर्नुहोस्….