सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका ६ लाख बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाउने नागरिकको संख्या ६ लाख १ हजार १५ रहेको छ।
‘प्रदेशमा कोरोनाको दोस्रो डोज खोप लगाउने ३ लाख ५ हजार ५ सय ५५ जना रहेका छन् । यस्तै ‘प्रदेशमा पूर्ण खोप लगाउनेको संख्या ४ लाख १ हजार ३३ जना रहेको तथ्यांक सार्बजनिक गरिएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन्। कैलालीका १ लाख ५५ हजार ५ सय १० जनाले पूर्णखोप पाएका छन् भने बाजुराका ७ हजार २ सय १३ जनाले पूर्ण खोप लगाएका हुन्।
यस्तै, कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार ३ सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४ सय ४८ र डडेल्धुराका १२ हजार १ सय ६२ जनाले पूर्ण खोप पाएका हुन् । यहाँका नागरिकलाई कोभीसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो। प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको छ। सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै कोरोनाभाइरसविरुद्धको अभियान सुरु गरिएको थियो।हेर्नुहोस तथ्यांक…