धनगढी। धनगढी सुदूरपश्चिम प्रदेश सभाका एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज एमालेमै रहने भएका छन् । मंगलवार एकीकृत समाजवादीको पक्षमा तामाङ र गहतराजले पनि सनाखत गर्ने चर्चा थियो ।
राज्यमन्त्री गहतराजले आफु नेकपा एमालेमै रहने बताएकी छिन् । अर्थ राज्यमन्त्री गहतराजले भनिन्, ‘म एमालेमै रहने र नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत कुरा सत्य नभएको उनले जानकारी दिईन्। सनाखत गर्ने भन्ने खबर आएको भन्दै उनले त्यो गलत र झुट भएको बताएकी हुन् । उनले भनिन्, “पार्टीको विधानअनुसार मैले सनाखत गर्न मिल्दैन र गर्दैन् पनी।” गत मंगलबार निर्वाचन कार्यालय नपुगेको समेत उनले भनिन् ।
यस्तै सासंद तामाङ पनि एमालेमै रहने खुलेको छ । स्रोतका अनुसार तामाङले समाजवादी संसदीय दलको नेता सहित मन्त्रीको बार्गेनिङ्ग गरिरहेको र बार्गेनिङ्ग नमिले एमालेमै रहने निश्चित भएको बताए । मंगलबार १३ सासंद सबैले एकैदिन समाजवादीमा सनाखत गर्ने भनिएपनि ३ जना उपस्थित भएनन् । उनिहरु मध्ये तामाङ र गहतराज एमालैमै रहने भएका हुन । समाजवादी पार्टीमा सनाखत गर्ने भनिएका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीले समेत आजसम्म सनाखत गरेका छैनन् ।
सभामुख बाहेक २४ जना रहेको एमाले संसदीय दलमा अव १४ जना रहने भएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेश सभाका १० जनाले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका थिए । सभामुखबाहेक एमालेका २४ प्रदेश सांसद रहेका छन् । निर्वाचन आयोगले भदौ २२ गते बेलुका ५ बजेसम्म सम्म नेकपा (एकीकृत समाजवादी)पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ ।