दार्चुला। दार्चुलाको तुइन घटना छानवीन समितिको प्रतिवेदनमाथि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले आपत्ति जनाएका छन् ।
छानबिन समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमाथि पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले आपत्ति जनाएका हुन्। मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका थिए ।
छानबीन समितिले बुझाएको प्रतिवेदन प्रष्ट नभएर गोलमटोल भाषा प्रयोग गरेको प्रति पूर्वमन्त्री ठगुन्नाले आपत्ति जनाए । उनले दार्चुला जिल्ला ब्याँस गाँउपालिका २ माल तुईन घटनामा नेपाल सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन प्रति गम्भिर ध्यानाकर्षण भएको छ । लामो समय लगाएर पेश गरिएको प्रतिवेदन सरकारको दबाबमा तयार भएको प्रष्टै बुझ्न सकिन्छ, उनले भने । उनले अगाडी थपे, सो घटना एसएसबिका जवानहरुले घटाइएको हो वा होईन भन्ने प्रष्ट प्रतिवेदन आउनुपर्नेमा गोलमटोल भाषा प्रयोग गरिएको छ । अझ छानविन समितिले निष्कर्ष दिनुपर्ने मा अनुसन्धान गर्न सिफारिस गरेको छ । यो वर्तमान परमादेशबाट गठन भएको सरकारको आत्मसमर्पणवादको पराकाष्ठा हो । अविलम्ब संसदीय छानबीन समिति गडन गर्न सरकारसँग माग गर्दछु, उनले भने। व्यास गाउँपालिका २ का ३३ वर्षीज जयसिह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा भारतीय एसएसबीले महाकाली नदीमा तुइन फुस्काइदिदा उनी वेपत्ता भएका थिए । प्रत्यक्षदर्शी, पीडित परिवार र जिल्लाका सबैजसाले भारतीय एसएसबीका कारण जयसिह वेपत्ता भएको बताएका थिए ।