कञ्चनपुर। चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पीयन २ को उपाधिका लागी प्रतिस्पर्धीहरुले निकै कडा प्रतिस्पर्धा गर्नुपरेको छ । यसै बिच कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको ध्यान अहिले ‘कमेडी च्याम्पियन २’ को उपाधि कसरी हात पार्ने भन्नेमा केन्द्रित छ ।
चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापासँग हिक्मतले दह्रो प्रतिस्पर्धा गर्नुपरेको छ । अहिलेसम्म भोटिङमा हिक्मत महराले राम्रै सफलता हाँसिल गरिरहेका छन् । अब फाइनल राउन्ड चलेकाले प्रस्तुति पनि उत्कृष्ट दिनुपर्ने उनमा चुनौती छ। कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु उत्तीर्ण गरका हिक्मतले कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका छन् । ‘कमेडी च्याम्पियन २’ मा ६ हजार प्रतियोगीले डिजिटल अडिसन दिएकोमा हिक्मत एक सय ८० जनामा छनोट भएका थिए । त्यसपछि टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका हुन् ।
हिक्मतले उत्कृष्ट तीनका लागि प्रस्तुति दिइसकेका छन्। अब जसले राम्रो प्रस्तुति दिन्छ र भोट ल्याउँछ उसैले उपाधि जित्ने अवस्था छ । त्यसैले सबैलाई भोट गरिदिन उनले अपिल गरेका छन् । भोटिङ समय- बुधबार दिउँसो १२ बजे सम्म भोट गर्न सकिने छ । ‘प्रतिस्पर्धा निकै कडा छ । जसले बढी भोट पाउँछ, त्यसले नै जित्छ,’ उनले भने, ‘अत्यधिक भोटिङ गरी जिताइदिन सबैलाई आग्रह छ ।’ सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाका प्रधानाध्यापक धनसिंह महरा हिक्मत नाम जस्तै कमेडीमा हिम्मत राख्ने युवाका रूपमा आफूले चिनेको बताउँछन् ।
‘समाजका विकृति, विसंगति र राजनीतिक परिदृश्यका बारेमा गाउँघरमै र विद्यालयमा पढ्दादेखि नै व्यंग्य गरी कमेडी देखाउने गर्दथे,’ उनले भने, ‘उपयुक्त मञ्च पाएपछि उनले प्रतिभा संसारभरलाई देखाएर आफूलाई चिनाएका छन् ।’ रियालिटी शोमा सबैभन्दा हिक्मतले राम्रो प्रस्तुति देखाउँदै आएकाले सबैले भोट दिई विजयी बनाउनेमा आफू आशावादी रहेको उनले बताए ।
महरालाई जिताउन विभिन्न संघसंस्था तथा व्यक्तिहरूले अभियान नै सञ्चालन गरेका छन् । ‘सुदूरपश्चिमका एक मात्रै राष्ट्रियस्तरमा पुगेका कमेडियन महरालाई भोट माग्न युवाहरू परिचालन गरी जुटेका छौं,’ स्थानीय परमानन्द जोशीले भने, ‘सामाजिक सञ्जालमार्फत र भेटेरै पनि भोटका लागि अपिल गरिरहेका छौं ।’ हिक्मतलाई फाइनलमा पुर्याउने लक्ष्य रहेको उनले बताए । बैतडीको पुर्चौडी नगरपालिका–१० मौरगाउँमा २०५० सालमा जन्मेका महरा हाल कञ्चनपुर बस्छन् ।
कमेडी च्याम्पीयन २ को उपाधिकालागी हिक्मत महरालाई भोट गर्न #PrabhuPAY_app_download भोटिङ code ०९ मा भोट गर्न सकिने छ । भोटिङ समय- बुधबार दिउँसो १२ बजे सम्म भोट गर्न सकिने छ । साथै यहाँ दिएको QR code scan गरि सजिलै vote गर्न सक्नुहुन्छ ।
Voting Process: