डोटी। डोटीमा एकजना पुरूषको वृद्धको मृत्यु भएको छ। कोरोनाविरूद्धको दोस्रो मात्रा खोप लगाएका शिखर नगरपालिका–२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको तीन घण्टामै मृत्यु भएको जनाइएको छ ।
गाउँ नजिकै खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए। ‘बिहान साढे ८ बजे खोप लगाएर करिब पौने घण्टाको बाटो हिँडेर घर गएर खाना खाइसकेपछि आज बिहान साढे ११ बजे उनको मृत्यु भएको बुझिएको छ’ शाहले भने। उनको मृत्य खोपका कारण नभएर अन्य कारणले भएको हुनसक्ने शाहले बताए। उनी दीर्घरोगी भएको र उनको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ।