धनगढी। दार्चुलाका बाढी पिडितको उद्धार तथा राहतका लागि हेलिकप्टर पठाउन लागीएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वयमा नेपाल सरकारले दार्चुलाको प्रभावित क्षेत्रका लागि राहत सामाग्री सहित हेलिकप्टर प्रस्थान गर्न लागिएको हो।
बाढी–पहिरोका कारण क्षति भएको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका क्षेत्रमा पिडितको उद्धार र राहतका लागि भन्दै हेलिकप्टर जान लागेको सुदूरपश्चिम प्रदेशको सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्रालयले जनाएको छ। मन्त्रालयको समन्वयमा नेपाल सरकारले प्रभावित क्षेत्रका लागि राहत सामाग्रीसहित हेलिकप्टर प्रस्थान गर्न तयारी थालेको बताईएको छ। गए राति दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिरोका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। यता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पनि घटनास्थलमा पुगेका छन्।