धनगढी। शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा ९४ जनाको नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। यस्तै ८३ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा भने १ जना अस्पतालबाट डिस्चार्ज भएको थप १ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै ६ जना आइसियुमा र २ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।