कञ्चनपुर। कञ्चनपुर प्रहरीले भन्सार चोरी छली गरी ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरिया र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी ल्याइएको सामान बरामद गरेको हो ।
कञ्चनपुरको कृष्णपुर ५ गजरौला र भिमदत्त १६ मझगाउँ स्थित भारतबाट भन्सार छली चोरी ल्याइएका हार्डवयरका विभिन्न सरसमान, लेडिज सुट र थानको कपडा गरि अन्दाजी १ लाख ८६ हजार ६ सय ४० मूल्य बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।