योगेन्द्र नायक धनगढी : देशको ठुलो पार्टी नेकपा फुटेपछि एमाले समेत फुटिसकेको अवस्था छ । पार्टी फुटेर काग्रेंस नेतृत्वको सरकारले देश सञ्चालन गरिरहेको छ । देशको राजनितिक अस्थितरताको प्रभाव राष्ट्रिय जनमोर्चामा परेको छ । बामपन्थीलाई समर्थन गर्ने या दक्षिणपन्थीलाई समर्थन गर्ने बिषयकै विवादले केहीले सांसद पद गुमाइसकेका छन्, भने बिचार राखेकै आधारमा केही नेताले कार्वाही भोग्नुपरेको छ ।
पार्टी नेतृत्वको कदम बिरुद्ध सुदूरपश्चिम प्रदेशमा भने जनमोर्चाले नयाँ कमिटि गठन गरेको छ । पार्टी केन्द्रले तोकेको कमिटि भंग गर्दै जनमोर्चाले नयाँ कमिटि गठन गरेको छ । पार्टी केन्द्रको निर्णय बिपरित प्रदेश कमिटि गठन संगै जनमोर्चामापनि फुट शुरु भएको अनुमान गरिन थालिएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रिय कमिटिले सुदूरपश्चिम प्रदेश अध्यक्षमा नन्दलाल भट्ट लाई तोक्दै प्रदेश कमिटि गठन गरेको थियो । केन्द्रिय महासचिव समेत रहेका मनोज भट्टको एकल निर्णयमा प्रदेश कमिटि निर्माण गर्दै आफ्नो पक्ष बाहेकका नेताहरुलाई कार्वाही समेत गरेको निर्णयको बिपक्षमा यहाँका अन्य कार्यक्रता थिए । गण्डकी प्रदेशको घटना देखी दक्षिणपन्थीलाई समर्थन गर्ने निर्णयका बिरुद्धमा यहाँका कार्यक्रता थिए ।
पार्टिभित्र काम गरिरहेका कार्यक्रतालाई आफुखुशी निश्कासन गर्दै केन्द्रबाटै बनाइएको कमिटि बिरुद्ध यहाँका ९० प्रतिशत जनमोर्चामा आबद्ध कार्यक्रताहरु उभिएका हुन् । उनिहरुले सो निर्णय बिरुद्ध कार्यक्रता भेला गर्दै नन्दलाल भट्टलाई अध्यक्षबाट हटाएर लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ कमिटि निर्माण गरेका हुन् । उपाध्यक्षमा तिलक परियार, सुचिवमा लछीराम आचार्य, सह सचिवमा हुकुम साउँद, कोषाध्यक्ष केशव नाथ योगी चयन भएका छन् । भेलाले ५७ सदस्यीय प्रदेश कमिटि गठन गरेको नव गठित कमिटिका सचिव लछिराम आचार्यले बताए । राष्ट्रिय जनमोर्चा केन्द्रका बिपक्षमा यो कमिटि गठन नगरी अबैधानिक गठन भएको कमिटिका बिरुद्ध बैधानिक ढंगले प्रदेश कमिटि गठन गरिएको आचार्यले बताए ।
पार्टी भित्र फरक मत राखेकै आधारमा कार्वाही गर्ने, जिम्मेवारी मुक्त गर्ने, आफ्नो पक्षमा बहुमत पुग्ने गरी कमिटि पुनर्गठन गर्ने लगायतको क्रियाकलाप गरी पार्टी नेतृत्वलेनै फुटको शुरुवात गरेको प्रदेश कमिटिले निश्कर्ष निकालेको छ । पार्टीको बिधान अनुसार कार्यक्रताबाट चुनेर बैधानिक ढंगबाट प्रदेश कमिटि गठन गरेको दावी गर्दै नयाँ कमिटिले पुरानो कमिटि अबैधानिक ठहर गरेको छ । देशभरका कार्यक्रता चाहिए पार्टीले यो कमिटिलाई अनुमोदन गर्नुपर्ने नेताहरुको तर्क छ ।
केन्द्रले कसैलाई कार्वाही गर्ने कसैलाई संरक्षण गर्ने काम गरिरह्यो हामीले सहन सकेनौँ प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले भने ‘केन्द्रले सुदूरपश्चिम प्रदेश कमिटि मनोनित ग¥यो त्यो पार्टीको बिधान अनुरुप थिएन, राष्टिय सम्मेलनले बनाएको बिधानबिपरित बनाएको कमिटि भंग गरेर हामीले बैधानिक ढंगले कार्यक्रताको भेलाबाट कमिटि गठन गरेका हौँ ।’
सुदूरपश्चिमका ९० प्रतिशत कार्यक्रता सहभागी भेलाबाट नयाँ कमिटि बिस्तार गरेको दावी गर्दै नयाँ कमिटिले केन्द्रले दवाउन खोजे अन्य प्रदेशमा समेत केन्द्र बिरुद्ध कमिटि निर्माण हुने चेतावनी दिएको छ । नेकपा बाट बिभाजन शुरु भएको पार्टी बिभाजन जनमोर्चामा समेत देखिएको छ । केन्द्रका बिरुद्ध गठन भएको कमिटिलाई केन्द्रलेनै अनुमोदन गर्नुपर्ने अडान राखेका नेताहरु अनुमोदन नभए बिभाजनमा जानसक्ने समेत चेतावनी दिन थालेका छन् ।
प्रदेश ईन्चार्ज लाल बहादूर जाग्रीले पार्टीका कार्यक्रताबाट नृतृत्व चुन्नुपर्नेमा बिधान बिपरित पार्टीले नेतृत्व मनोनयन गरिएको बताए । केन्द्रिय महासचिव मनोज भट्ट र केन्द्रिय सदस्य नन्दलाल भट्टको कार्यशैली कार्यक्रताले मन नपराएकै कारण उहाँहरु कमिटिमा अटाउनु भएन उनले भने ‘पार्टी नेतृत्व दक्षिणपन्थी तर्फ ढलिरहेको छ गण्डकी प्रदेशमा काग्रेंस नेतालाई भोट नहालेकै कारण सांसदलाई हटाइदिनुभयो हाम्रो एजेण्डा त्यही हो त ?’
राजनितिक रुपमा बैचारिक रुपमै कुरा नमिल्ने संग किन सहकार्य गर्नु उनले प्रश्न गरे ‘पार्टीलाई जुन दिशामा अगाडी बढाउनुपर्ने हो त्यो दिसा छोडेर अन्तै मोडियो, अनी हामीले कार्यक्रताको उपस्थितीमा नयाँ कमिटि बनाएका हौँ बैधानिक हामीनै हौँ हाम्रो अध्यक्ष चित्र बहादूर केसीनै हुनुहुन्छ हामीलाई अनुमोदन नगर्ने कुरै भएन किनकी केन्द्रमा अध्यक्ष भएर मात्रै हुन्छकी कार्यक्रतानी चाहिन्छन् ।’