धनगढी । धनगढी स्थीत सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा १३४ नमूनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ११५ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। पछिल्लो २४ घण्टामा अस्पतालबाट १ जना डिस्चार्ज भएकोमा थप ५ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालको आइसियुमा ५ जना, १ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।