बैतडी। बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते भएकी छन् । सोमबार खोड्पे बजारबाट घर फर्किने क्रममा सुपप्र ०४००१ प०५०१ नम्बरको मोटरसाइकलमा लिफ्ट मागेकी पाटन नगरपालिका-९ किचारकी १६ वर्षीया गोदावरी भट्ट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले भट्टकै वडाका चालक हरिश महरासँग मोटरसाइकलमा लिफ्ट मागेकी भट्ट लडेर घाइते भएको बताए । भट्टको शरीरमा चोट रहेको बताउँदै प्रहरी निरीक्षक ओझाले डडेल्धुरामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको जानकारी दिए । मोटरसाइकल र चालक महरालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ । भट्टको धनगढीको माया मेट्रो अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।
यसरी भएको थियो घटना
पाटन नगरपालिका–९ चितार बस्ने १६ वर्षीया गोदावरी भट्ट गौरा पर्वका लागि कपडा किन्न आफ्ना बुवा अर्जुनदेवसँग खोड्पे बजार पुगेकी थिइन्। सोमबार बिहान खोड्पे बजारमा गोदावरीको भेट साथीहरुसँग भएको थियो । गौराका लागि श्रृंगारका सामान किन्ने भएपछि उनी बुवासँग छुट्टिइन् र साथीहरुसँग केही बेर सामान किनेपछि घरतर्फ लाग्नुपर्ने समय भयो । आफू साथीहरुसँगै आउने भनेपछि अर्जुन(बुवा) आफ्ना साथीहरुसँग घरतर्फ लागे। यता साथीहरुसँग घरतर्फ हिँडिरहेकी गोदावरीको सामुन्ने एउटा मोटरसाइकल आएर रोकियो। रोकिएको मोटरसाइकलमा सवार उनकै पल्लो गाउँका हरिश महर थिए । ‘महरले म तिम्रो दाईको साथी हुँ, आऊ म तिमीलाई घर पुगाइदिन्छु’ भने। गोदावरीले भनिन्, ‘सुरुमा त म लगायत साथीहरुले नाईं भने तर धेरै नै ढिपी गर्न थालेपछि म बाइकमा चढे।’ खोड्पे बजारबाट बझाङतर्फको राजमार्गमा करिब ४ किलोमिटर अगाडि गएपछि गोदावरीको गाउँ चितार जाने कच्ची सडक आउँछ र त्यहाँबाट पनि घर पुग्न करिब ४ किलोमिटर हिन्नुपर्ने गोदावरीका दाजु जनकराज भट्टले बताए।
गोदावरीलाई बसाएपछि ती युवकले मोटरसाइकल हाँके। तर उनले चितार जाने बाटोमा रोकेनन्। उनले सिधै बझाङ जाने सडकतर्फ मोटरसाइकल हिँडाए। ‘मैले मोटरसाइकल रोक्न पटक–पटक आग्रह गरे तर उनले मानेनन्’ गोदावरी भन्छिन्, ‘अलि अगाडि एउटा विद्यालय छ। त्यहाँबाट पनि हाम्रो गाउँ जाने बाटो छ। उक्त स्थानमा पनि मैले रोक्न भने तर मोटरसाइकल रोकिएन। करिब ३ सय मिटर अगाडि पुगेपछि मैलै आत्तिएर तिव्र गतिमा गुडीरहेको बाइकबाट हाम फाले। त्यसपछि के भयो याद छैन।’ उक्त घटनापछि हरीश उनलाई त्यहाँ एक्लै छाडेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। गोदावरीका दाई जनकका अनुसार तिनै प्रत्यक्षदर्शीहरुले उनको बहिनीको उद्वार गरि बुवालाई खबर गरेका थिए। ‘बहिनीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्यौ। त्यहाँबाट पनि रेफर गरेपछि रातारात धनगढीको माया मेट्रोमा ल्याएका छौ’ उनले भने,