धनगढी। बाजुराको बडिमालिकाको दर्शनका लागि धनगढीबाट साइकलमा निस्किएको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेको छ । समुन्द्र सतहबाट ४ हजार २ सय मिटरको उचाईमा रहेको सुदूरपश्चिमकै महत्वपूर्ण शक्तिपीठ बडिमालिकाको साइकल यात्रा गरिएको यो पहिलो पटक हो ।
साईकल यात्री भरतविक्रम शाहको नेतृत्वमा ११ सदस्यीय टोलीले बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको जनाइको छ। ८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भएपनि सफलतापूर्वक यात्रा पूरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको साइकल यात्री शाहले बताए।
बडीमालिका यात्रामा निसर्ग अस्पताल धनगढी र ग्रीन गोदावरीका सदस्यहरुको सहभागिता रहेको जनाइएको छ । । उनका अनुसार निसर्ग अस्पतालका निर्देशक कुबेर शाही, ग्रीन गोदावरीका रवि भट्ट, दुर्गा अधिकारी, रोशन भट्ट, किरन बोहरा, केशबराज भट्ट सुभाष चन्द, प्रकाश शाही र कुसल बिष्टको समूहले बडीमालिका यात्रा तय गरेका हुन। बडीमालिका तथा त्रिवेणी नगरपालिकाका विभिन्न ठाउँमा निसर्ग अस्पतालले करिव २ लाख बराबरको औषधिसमेत वितरण गरेको जनाइएको छ । आन्तरिक र बाह्य पर्यटकहरूलाई बडिमालिकामा आकर्षण गर्न साईकल यात्राले उत्प्रेरित गर्ने बताउदै शाहले धार्मिक र एडभेञ्चर पर्यटनका लागि बडिमालिका सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य भएको बताए ।