काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू एमालेमै भएको पुनः प्रष्ट्याएका छन् । गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको हल्ला चलिरहेका बेला गौतमले आफ्नो धारणा सार्वजनिक गर्दै अझै एमालेमै रहेको प्रस्ट्याएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले जानकारी दिएको छ । एमाले विभाजन भएपछि गौतम पनि माधव नेपाल समूहले गठन गरेको नयाँ पार्टी नेकपा(एकीकृत समाजवादी)मा लागेको चर्चा थियो। गौतम आफैँले यसबारे केही बोलेका थिएनन् । आइतबार गौतममा स्वकीय सचिव दिपक टमाटाले सूचना दिई यसबारे प्रष्ट पारेका छन्।
केही दिन देखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा गौतमको नाम जोडेर आएका विषय सत्य नभएको उनले भनेका छन्। ‘वामदेव गौतम मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन’ उनको सचिवालयले भनेको छ । गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेतृत्व९केपी ओली०को कार्यशैलीप्रति मतभेद राख्दै आएको टमाटाले बताएका छन् ।