कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका खड्क बिष्टलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत कञ्चनपुरले २०७७ साउन २९ गते लागुऔषध मुद्धामा १ महिना कैद र २ हजार जरिवानाको सजाय सुनाएको थियो। त्यस्तै अदालतले उनैलाई चोरी मुद्धामा १ महिना कैद र ३० हजार जरिवानाको फैसला भई फरार रहेका थिए ।
फरार सूचिमा रहेका उनलाई बुधबार पक्राउ गरि अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।