धनगढी : माधव नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता भएपछि सुदूरपश्चिममा भीम रावलका अत्यन्त निकट मानिने पुर्ब सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी रावलसंग असन्तुष्ट रहेको बताईएको छ । यद्दपि अहिलेसम्म रावलको साथ छोडेको बताएका छैनन ।
तर एमाले समाजवादी भने उनले रावलको साथ छोडेकोमा उत्साही छ । हुन ते नै रावल खुलेर नेकपा एमाले ओली समूहमा खुलेर नलागीसकेकोले उनी माधव समूहमै फर्किने संभावना पनि उत्तिकै रहेको समाजवादीका नेताहरु बताउछन् । यहीबीच रावलको साथ उनका विश्वास पात्रहरुले छोड्ने क्रम भने तिब्र भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद बिकास समितिको सदस्य सचिव बनाउँदादेखी भिम रावलसंग दुरी बढाइरहेका सुवेदी अहिले झन रुस्ट बनेको श्रोत बताउँछ । आफ्नो ईच्छा बिपरित उनले खेलकुदको सदस्य सचिव बनाए, दीपक सिंहलाई । सिंहलाई सदस्य सचिव बनाउन नेता रावललाई दीर्घ सोडारीको दवाव थियो । र सदस्य सचिव नियुक्त गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्री कृष्ण सुवेदीलाई थियो । र सुवेदी कुनै पनि हालतमा सिंहलाई सदस्य सचिव बनाउन चाहदैनथिए । सुवेदी पनि युवराज कुवँरलाई सदस्य सचिव बनाउने पक्षमा थिए ।
त्यति हुदा हुदै पनि भीम रावलको हस्तक्षेप र दवावका कारण सुवेदी सिंहलाई सदस्य सचिव बनाउन बाध्य भए । कुवँरलाई सदस्य सचिव बनाउने शेर बहादुर कुवँर र झपट रावलको रणनीति र योजना पनि भीम रावलको कारण असफल भयो । यो त्यही एउटा घट्ना थियो, जसका कारण भीम रावलका अत्यन्त निकट मानिने तीन जना नेता उनीसंग असन्तुष्ट भए ।
सुवेदी मन्त्री त थिए । तर आफैले नचाहेको व्यक्तिलाई उनी सदस्य सचिव बनाउन बाध्य भए । पहिले निर्णय गर्न आलटाल गरे । निर्णय गर्न बाध्य पारिएपछि नियुक्ति पत्र दिन आलटाल गरे । नियुक्त पत्र दिएपछि पनि सिंहलाई सपथ खुवाउन आलटाल गरे ।
र यही घट्नापछि सुवेदी मन्त्री पदबाट हटाईए । उनलाई रावलले मन्त्री पदबा हटाउनुको कारण पनि यही घट्ना मानिन्छ । जवर्जस्ती सिंहलाई सदस्य सचिव बनाउन दवाव दिएपछि रावलसंग चिढिएका सुवेदी आफूलाई मन्त्रीबाट हटाएपछि रावलसंग टाढिएको बताईन्छ ।
तीनै जना नेता रावलसंग असन्तुष्ट भएपनि झपट रावलले भने खुलेर भीम रावललाई साथ दिएका छन् ।यद्दपि सुवेदी र कुवँर भने अहिलेसम्म रावलको पक्षमा लागेको देखिदैन ।