बैतडी। बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउँदको भीरबाट लडेर ज्यान गएको परिवारिजनले जनाएको छ।
गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन् ।