धनगढी। नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाईले आफुनो ५२औं जन्म जयन्ती तथा स्थापना दिवसको अवसरमा रक्तदान तथा मास्क वितरण गरिएको छ ।
५२ औं स्थापना दिवशको अवसर पारेर नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाईले शनिवार बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। रक्तदान कार्यक्रमबाट ३२ पिन्ट संकलन भएको आयोजकले जनाएको छ । साथै सो अवसरमा माक्स नलगाई आवतजावत गर्नेलाई मास्क वितरणपनी गरिएको नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाई अध्यक्ष दिनेश राज भट्टले जानकारी दिए।कार्यक्रममा बोल्दै नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाई अध्यक्ष दिनेश राज भट्टले कार्यक्रमलाई सब्य र भब्य रुपमा सम्पन्न गराउन सहभागी भएका र रक्तदान गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे।यस्तै कार्यक्रममा सहभागी भएका पुर्ब अध्यक्ष, पुर्ब केन्द्रिय प्रतिनिधि, संस्थाका पुर्ब र बर्तमान कार्य समिती, पुर्ब र बर्तमान सल्लाहकार ज्यू, संस्थाका सदस्य तथा पत्रकार, रक्त संचार केन्द्रका प्रतीनिधी लगायत सम्पूर्ण सहयोगीलाई धन्यवाद दिए ।